निजी क्षेत्रका १६० चार्जिङ स्टेसनलाई प्राधिकरणले दियो स्वीकृति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा १६० चार्जिङ स्टेसन निर्माणका लागि स्वीकृति दिएको छ ।
प्राधिकरणले निजी क्षेत्रका १६० वटा कम्पनीलाई चार्जिङ स्टेसनको स्वीकृति दिएको हो । जसमध्ये अधिकांश निर्माण भएर सञ्चालनमा आइसकेका छन् ।
उपत्यकासहित देशभरका विभिन्न स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । नुवाकोट, काभ्रे, मकवानपुर, गोर्खा, सिन्धुली, वीरगञ्ज, तनहुँ, संखुवासभा, पोखरा, धादिङ, भोजपुर, धनकुटाका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण भएर सञ्चालनमा आएका छन् । पछिल्लो समय उपत्यका बाहिरका होटल, पार्टी प्यालेसहरुले समेत चार्जिङ स्टेसन राख्न थालेका छन्।
विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसनहरुमा लगानी पनि बढ्न थालेको हो । विद्युत प्राधिकरणले ५१ वटा फाष्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएर प्रोत्साहन गरेसँगै निजी क्षेत्रले पनि लगानी गर्न थालेका हुन् ।
प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीका अनुसार अहिले दैनिक जसो देशभरका विभिन्न स्थानबाट चार्जिङ स्टेसनको अनुमति माग्न आउनेहरु बढेका छन् । उनले प्राधिकरणले सहुलियत दिएकै कारण चार्जिङ स्टेसन राख्नेहरु बढेको दाबी गरे ।
प्राधिकरणका ५१ वटा चार्जिङ स्टेसनले दैनिक डेढ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । अधिकांश चार्जिङ स्टेसन खाली नै नहुने उनको भनाइ छ । काठमाडौंका केही चार्जिङ स्टेसनहरु मध्यरातमा समेत व्यस्त हुने गरेका छन् ।
ज्ञवालीले ६ महिनाभित्रमा मुलुकमा प्रशस्त चार्जिङ स्टेसनको पूर्वाधार तयार हुने बताए ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चार्जिङ हबमा काम गरिरहेको छ । १० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) एकैपटक चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ । सातै प्रदेशका ४० स्थानमा ईभी चार्जिङ हब बनाउन अध्ययन समेत भइसकेको छ ।
पहिलो चरणमा झापाको मेचीनगर, पोखरा, बुटवल, भरतपुर,काठमाडौं, कोहलपुर लगायतमा स्थानमा हब बनाउदा उपयुक्त हुने निष्कर्ष छ । त्यसपछि क्रमश बनाउँदै जानुपर्ने प्रतिवेदनमा उल्लेख छ । चार्जिङ हबमा भीआईपीका लागि समेत कोटा राखिएको हुनेछ । चार्जिङ हबमा १ अर्ब रुपैयाँ लगानी गर्ने तयारी छ । केहि महिनामा नै चार्जिङ हब सञ्चालनमा आउने गरी तयारीका साथ काम भइरहेको छ ।
निजी क्षेत्रलाई प्रोत्साहित गर्दै प्राधिकरण
विद्युत् प्राधिकरणले चार्जिङ पूर्वाधारमा निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको छ । प्राधिकरणले प्रोत्साहनका लागि केहि चार्जिङ स्टेसन बनाएको हो । बाँकी चार्जिङ स्टेसन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिएको हो ।
विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सधै भरी प्राधिकरणले चार्जिङ स्टेसन बनाएर बस्न नसक्ने बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी काम गरिरहेको बताए । ‘हामीले २०० केभीका ट्रान्सफर्मर दिइरहेका छौं । चार्जिङ स्टेसनसम्म पूर्वाधार बनाइरहेका छौं,’ उनले भने,’हामीले अन्य ग्राहकलाई १० रुपैयाँमा बिजुली दिइरहेका बेला चार्जिङ स्टेसनका लागि ५ रुपैयाँसम्ममा दिइरहेका छौं ।’
उनका अनुसार एउटा चार्जिङ स्टेसन बनाउनका लागि करिब ५० लाख रुपैयाँ औसतमा खर्च हुन्छ । जसमा प्राधिकरणको २५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।
सिलवालकै संयोजकत्वमा कमिटी बनेको थियो । उक्त कमिटीले लगानी नै नउठ्ने भएकाले निजी क्षेत्रको लगानी नबढेको उल्लेख गरेको छ । कमिटीले शतप्रतिशत मार्जिन बढाउन सिफारिस गरेको छ ।
अहिले प्राधिकरणले तोकेको महसुल दरमा चार्जिङ स्टेसन सञ्चालकले २० प्रतिशत मार्जिन लिन पाउँछन् । कमिटीले शतप्रतिशत मार्जिन दिएमात्रै निजी लगानी आउने उल्लेख गरेको छ । उक्त प्रतिवेदनमाथि प्राधिकरणको बोर्डमा छलफल भइसकेको छ । प्राधिकरणले प्रतिवेदन स्वीकृत गरेपछि विद्युत नियमन आयोग जानेछ । आयोगले स्वीकृति दिएपछि कार्यान्वयन हुनेछ ।
शतप्रतिशत निजी क्षेत्रले मार्जिन लिन पाए ५ वर्षमा लगानी उठ्ने प्रतिवेदनमा उल्लेख छ ।
तल्लो भोल्टेजमा डिमाण्ड शुल्क नलाग्ने टायम अफ डे चार्जीङ स्टेसन यातायात उपभोक्ताको प्रस्तावित विद्युत महशुल
बैशाखदेखि मंसिरसम्मको विद्युत महसुल दर | |
विवरण | इनर्जी शुल्क ( प्रति किलोवाट घण्टा युनिट रुपैयाँमा) |
हालको विद्युत् महसुल दर | प्रस्तावित विद्युत महसुल दर | |||||
तल्लो भोल्टेज (२३०-४०० भोल्ट) | पिक समय (साँझ ५ वजेदेखि राती ११ वजेसम्म) | (राती ११ बजेदेखि विहान ५ बजेसम्म) | अन्य समय (विहान ५ बजेदेखि साँझ ५ बजेसम्म) | पीक समय (साँझ ५ बजेदेखि राती ११ बजेसम्म) | राती ११ बजेदेखि विहान ५ बजेसम्म | अन्य समय (विहान ५ बजेदेखि साँज ५ बजेसम्म) |
७.२५ | ४.३० | ५.७५ | ९.२५ | ६ | ७.८० | |
नोट: प्रस्तावित मुल्यमा १०० प्रतिशत मुल्य थप गरि त्यसलाई उच्चतम दर मानी निजि चार्जिङ स्टेसन संचालकहरुले उपभोक्ताहरुलाई प्रतिस्पर्धी मुल्यमा दर घटाएर विद्युत बेच्न सक्छन् । यसरी प्रस्तावित विद्युत महशुल दरको अन्य उपभोक्ता वर्गमा वेटेज एभरेज गर्दा ८.२५ रुपैयाँ प्रतियुनिट हुने देखिन्छ । चार्जिङ स्टेसन संचालकले अधिकतम १६.५० रुपैयाँ प्रति युनिटमा उपभोक्ताहरुलाई विद्युत शक्ति बेच्न सक्छन् । यस प्रतिवेदनमा यहि मुल्य लाई आधार मानेर हिसाब गरिएको छ । |
मंसिरदेखि चैत्रसम्मको विद्युत महसुल दर | ||||
विवरण | इनर्जी शुल्क (प्रतिकिलोवाट घण्टा युनिट रुपैयाँमा) | |||
हालको विद्युत् महसुल दर | प्रस्तावित विद्युत् महसुल दर | |||
तल्लो भोल्टेज (२३०-४०० भोल्ट ) | पिक समय (साँझ ५ बजेदेखि राती ११ बजेसम्म ) | अन्य समय (राती ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म) | पिक समय (साँझ ५ बजेदेखि राती ११ बजेसम्म ) | अन्य समय (राती ११ बजेदखि भोलिपल्ट साँझ ५ बजेसम्म ) |
७.२५ | ५.७५ | ९.२५ | ७.८० | |
नोट: प्रस्तावित मुल्यमा १०० प्रतिशत मुल्य थप गरि त्यसलाई उच्चतम दर मानी निजी चार्जिङ स्टेसन संचालकहरुले उपभोक्ताहरुलाई प्रतिस्पर्धी मुल्यमा दर घटाएर विद्युत वेच्न सक्छन् । यसरी प्रस्तावित विद्युत महसुल दरको अन्य उपभोक्ता वर्गमा वेटेज एभरेज गर्दा ८.२५ रुपैयाँ प्रतियुनिट हुने देखिन्छ । चार्जिङ स्टेसन संचालकले अधिकतम १६.५० प्रतियुनिटमा उपभोक्ताहरुलाई विद्युत शक्ति बेच्न सक्छन् । यस प्रतिवेदनमा यहि मुल्य लाई आधार मानेर हिसाब गरिएको छ । |
यो प्रतिवेदन कार्यान्वयन भए चार्जिङ स्टेसन सञ्चालकले प्रतियुनिट औसत ८.२५ रुपैयाँ लिन पाउछन् भने अधिकतम १६.५० रुपैयाँ लिन पाउनेछन् ।
सम्बन्धित समाचार
५०० वटा ईभी चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा प्राधिकरण, अर्थसँग २ अर्ब स्रोत सुनिश्चितता माग
प्राधिकरणको चार्जिङ स्टेसनमा नयाँ रेकर्ड, एकैदिन २५४४ सवारीसाधन चार्ज हुँदा साढे दुई लाख आम्दानी
चार्जिङ स्टेसन मर्मतका लागि प्राधिकरणले बनाउँदैछ ३ सर्भिस स्टेसन, गाडी र इन्जिनियर स्ट्याण्डवाई रहने
ईभीको चार्जिङ पूर्वाधारमा बिवाईडी आक्रामक, असारभित्रै देशभर १०० चार्जिङ स्टेशन राख्दै
ईभी बिक्रेतालाई चार्जिङ स्टेसन बनाउन प्राधिकरणको प्रोत्साहन, १०० प्रतिशत नाफा दिने