हकप्रद सेयर निष्काशन गर्दै आँखुखोला जलविद्युत कम्पनी
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले साउन १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ः१.५ अनुपातमा १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको छ । असार ३१ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । हकप्रद सेयरमा २७ गतेदेखि भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका शाखाबाट आवेदन दिन सकिन्छ । साथै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।