क्यान्सरको उपचारपछि जब यी वृद्धाले ५० लाख डलरको चिठ्ठा जितिन्



एजेन्सी । अमेरिकाको पेन्सिल्भेनियास्थित ७५ वर्षीया एक महिलाले हालै आफ्नो स्तन क्यान्सरको उपचार पूरा गराइन् । महंगो उपचारमा उनको ठूलो रकम खर्च भयो । तर गहिरो दुखसँगै उनले सरप्राइज दिने अर्को खुसीको अनुभव गरेकी छन् ।

डोन्ना ओस्बर्न नामकी ती महिला जब फ्लोरिडा जानका लागि आफ्नी छोरीसँग विमानस्थलमा थिइन् त्यसबेला उनले ग्यास स्टेसनको पार्किङमा एउटा चिठ्ठा पर्‍यो । जहाँ पैसा थियो रु ५ मिलियन अर्थात् ५० लाख अमेरिकी डलर । सीएनएनमा प्रकाशित समाचार अनुसार फ्लाइट धेरै बेरसम्म डिले भएको थियो । डोन्नाले भने फ्लाइट डिले भएपछि फर्कने तयारी गरेकी थिइन् ।

‘फ्लाइट धेरै बेरसम्म डिले भएको थियो । मैले त घर फर्किने निर्णय गरेँ,’ डोन्नाले भनिन् । तर उनकी छोरीले भने डिले भए पनि बरु एक्लै यात्रा गर्ने तयारी गरेको समाचारमा उल्लेख छ । ओस्बर्न भन्छिन्, ‘मैले विमानस्थल छाडेकी थिइनँ । र मैले टिकट पनि लिएकी थिइनँ ।’

त्यस्तैमा ओस्बर्नले स्पिड वे ग्यास स्टेसनमा पेन्सिल्भेनिया लटरी स्क्र्याच गेम मोनोपोलीको विनिङ टिकट उनले हात पारिन् । ओस्बर्नले ग्यास स्टेसनको पार्किङमा टिकट स्क्र्याच गर्ने क्रममा उक्त चिठ्ठा जितेकी हुन् । ‘म स्टोरमा फर्किएकी थिएँ । मैले सोधेँ यो चिठ्ठा परेको छ कि छैन तिमी चेक गरिदिन सक्छ्यौ भनेर सोधेँ ।’

टिकट कोट्याउँदा चिठ्ठा परेको थियो । लगत्तै उनले आफ्नी छोरीलाई फ्लोरिडामा फोन गरेर खुसीको खबर सुनाइन् । तर खबर सुनाउँदा सुरुमा छोरीले नपत्याएको पनि ओस्बर्नको भनाइ छ । ‘तर मेरी छोरीले पत्याइनन्,’ ओस्बर्नले भनिन् । पेन्सिल्भेनिया लोटरीका अधिकारीहरुले भने ती वृद्धा महिलालाले स्तन क्यान्सरको उपचारपछि पाएको लट्रीलाई दुख र सुख सँगै अनुभव गरेको भन्दै व्याख्या गरेको छ ।

ओस्बर्न यसअघि पनि थुप्रै चिठ्ठा सम्बन्धी खेलमा सहभागी हुँदै आएको समाचारमा उल्लेख छ । चिठ्ठा पाएपछि ओस्बर्नले भनेकी छन्, ‘मलाई थाहा छैन म के गर्छु होला । मलाई लाग्छ यसको केही रकम पक्कै पनि लगानी गर्छु होला । र त्यसपछि अलास्का जानेछु ।’


क्लिकमान्डु