सेरेस ईभीमा समस्या देखिएपछि ग्राहकबाट फिर्ता



काठमाडौं। सेरेस ब्राण्डको इभी गाडीमा समस्या देखिएपछि ग्राहकले फिर्ता गरेका छन् । चिनियाँ ब्राण्डको सेरेस मिनीमा ब्रेक, रेन्ज, पिकअप र स्टेरिङमा समस्या देखिएपछि नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ग्राहकबाट गाडी फिर्ता लिएको हो।

एमएडब्लू वृद्धि नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालको कम्मनी हो । सेरेस मिनीको स्टेरिङ, ब्रेक र पिकअपमा समस्या देखिएको छ । ग्राहक रुष्ट बनेपछि कम्पनीले आधा दर्जन बढी गाडी फिर्ता लिएछ ।

चीनबाटै सेरस कम्पनीका प्राविधिक नेपाल आएर ती गाडीको प्राविधिक परीक्षण गर्दा गाडीमा समस्या देखेपछि ग्राहकबाट गाडी लिएको हो।

एमएडब्लु वृद्धिले २०८० भदौमा सेरेस मिनी ईभीका ३ भेरियन्ट नेपाल भित्र्याएको थियो। सर्ट रेन्जलाई १३ लाख ९९ हजार, फुल अप्सनलाई १६ लाख ४९ हजार र लङ रेन्जको १७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीका यी मिनी इभीमा १६.८ र १३.८ किलोवाट आवर युनिट लिथियम-आयन ब्याट्री विकल्प उपलब्ध छन्। उक्त गाडीमा भएको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा १८० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको थियो । तर, कम्पनीले दाबी गरेको रेञ्ज नदिएपछि ग्राहक रुष्ट बनेका थिए ।


क्लिकमान्डु