कालिमाटी तरकारी बजारमा आज : एकदिनमै बन्दामा प्रतिकिलो ४३ रुपैयाँ घट्यो



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहिबार बन्दा कोबिको मूल्य निक्कै घटेको छ ।

बुधबार प्रतिकिलो ६५ रुपैयाँमा बिक्री भएको बन्दा कोबिको मूल्यमा बिहिबार एकैपटक ४३ रुपैयाँ घटेर कारोबार गरेको छ । उक्त बजारमा बिहिबार बन्दा कोबिले प्रतिकिलो २२ रुपैयाँ ३३ पैंसामा बिक्री भएको छ ।

बुधबार प्रतिकिलो ४३ रुपैयाँ ३३ पैसामा बिक्री भएको स्वदेशी ठूलो गोलभेडाको मूल्य बिहिबार भने ५५ रुपैयाँमा बिक्री भएको छ । भारतीय गोलभेडा भने ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।

यस्तै स्वदेशको टनेलमा उत्पादन भएको सानो गोलभेडा प्रतिकिलो २८ रुपैयाँबाट बृद्धि भएर बिहिबार ३० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । स्थानीय जातको सानो गोलभेडा पनि १९ रुपैयाँबाट बढेर बिहिबार २२ रुपैयाँ ३३ पैसामा कारोबार गरेको छ ।

बजारमा रातो आलु ५३.३३, भारतीय रातो आलु ४७, मुढेको रातो आलु ५१ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । सुकेको प्याज भने ८२.३३ रुपैयाँमा कारोबार गरेको छ ।

बिहिबार स्थानीय काउलीमा एक रुपैयाँ घटेर ६६, लाम्चो भान्टा ३५, तने बोडी ११०, घिउसिमी लोकल र घिउ सिमी हाइव्रीड ५५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै बुधबार प्रतिकिलो ४६ मा बिक्री भएको करेलाको थोक मूल्य बिहिबार ५५ रुपैयाँ पुगेको छ । लौका ५५, परवल लोकल ७५ र परवल तराई ६५, घिरौला र झिगुनी ६५, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो, हरियो फर्सी डल्लो र भिण्डी ३५ रुपैयाँमा बिक्री भएको छ ।

रायो साग ४५ र तोरीको साग २५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । कन्ये च्याउको मूल्य २०० बाट घटेर १८५ मा पुगेको छ । डल्लो च्याउमा पनि १० रुपैयाँ घटेर बिहिबार २९० रुपैयाँमा बिक्री भएको छ ।

राजा च्याउको मूल्य भने स्थिर छ । अर्थात प्रतिकिलो २९० रुपैयाँमा राजा च्याउ बिक्री भएको छ । ब्रोकाउली प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको छ ।

कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु