कालिमाटी तरकारी बजारमा आज : नेपाली गोलभेडा सस्तो



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार (आज) नेपालमा उत्पादन भएको ठूलो गोलभेडाको मूल्य भारतीय गोलभेडाभन्दा सस्तो भएको पाइएको छ ।

नेपालमै उत्पादन भएको ठूलो गोलभेडा बुधबार बिहान प्रतिकिलो ४३ रुपैयाँ ३३ पैसामा कारोबार गरेको छ भने भारतबाट आयात भएको ठूलो गोलभेडा प्रतिकिलो ६५ रुपैयाँमा कारोबार गरेको छ ।

यस्तै स्वदेशको टनेलमा उत्पादन भएको सानो गोलभेडा प्रतिकिलो २८ रुपैयाँमा कारोबार गरेको छ । स्थानीय जातको सानो गोलभेडा भने १९ रुपैयाँमा कारोबार गरेको छ ।

बजारमा रातो आलु ५३, भारतीय रातो आलु ४७, मुढेको रातो आलु ५१ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । सुकेको प्याज भने ८३ रुपैयाँमा कारोबार गरेको छ ।

बुधबार बन्दा कोवी ६५, स्थानीय काउली ६६, लाम्चो भान्टा ३५, तने बोडी ११६, घिउसिमी लोकल र घिउ सिमी हाइव्रीड ५६ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै करेला ४६, लौका ५६, परवल लोकल ७६ र परवल तराई ६६, घिरौला ५५, झिगुनी ७० पाकेको फर्सी ३७, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो ३५ रुपैयाँमा बिक्री भएको छ ।
रायो साग ५०, तोरीको साग ३०, कन्ये च्याउ २००, डल्ले च्याउ ३००, राजा च्याउ २९० र ब्रोकाउली प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको छ ।

कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु