अर्थमन्त्रीले नुवाकोटको एउटा बाटोको बजेट काटेपछि रिसाए पूर्वअर्थमन्त्री महत



काठमाडौं । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नुवाकोटको एउटा बाटोको बजेट काटेर अर्थमन्त्री वर्षमान पुनले आफूसँग रिस साँधेको बताएका छन् ।

त्यो बाटो आफूले मात्र प्रयोग गर्ने नभएर सबै जनताले लाभ पाउनेमा अर्थमन्त्री पुनले रिसले बजेट काटेको आरोप महतले लगाएका हुन् ।

‘नुवाकोटको एउटा निर्वाचन क्षेत्रका आधा जनसंख्याले प्रयोग गर्ने मूल सडकको बजेट काटेर अर्थमन्त्रीले रिस साँध्नुभयो,’ पूर्वअर्थमन्त्री डा महतले आइतबार संसदमा भने, ‘सो सडकको स्रोत सुनिश्चित भएर ठेक्का अघि बढेर प्राविधिक टुंगो लागिसकेको थियो । तर, भौतिक योजना मन्त्रालयबाट रोकिएछ ।’

महतले नुवाकोट सदरमुकाम नजिक गगँटेदेखि सिन्धुपाल्चोक सीमा गोल्फुभन्ज्याङ जोड्ने सडकको कुरा गरेका हुन् ।

सो सडकलाई बजेट पार्न महनले भौतिक पुर्वाधार तथा यातायात र अर्थ मन्त्रीलाइ पनि भेटेका थिए । भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले ‘हुन्छ हुन्छ’ भन्ने जवाफ दिएका थिए ।‘

लास्टमा बजेटै राखिएन, कोल्याप्स १’ महतले प्रश्न गरे, ‘म हिँड्ने बाटो हो रु मैले एक्लै प्रयोग गर्ने बाटो हो र त्यो रु आम जनताले प्रयोग गर्ने बाटो होइन रु एमाले माओवादीले प्रयोग गर्दैनन् रु’ अर्थमन्त्री पुनले के गर्न खोजेको भन्ने आफूले बुझ्न नसकेको बताए।

यसैगरी छहरे–टोखा सुरुङमार्ग पनि सरकारको प्राथमिकतामा नपरेको उनको गुनासो छ । ‘त्यो नुवाकोटमात्र जाने बाटो होइन, चीन जाने बाटो पनि हो । पृथ्वी राजमार्गलाई समेत जोड्छ,’ महतले भने, ‘चिनियाँसँग कुरा गरेर, लेटर एक्स्चेन्ज गरेर, सचिवलाई हस्ताक्षर गर्ने अधिकारसमेत दिएर काम अघि बढेको थियो । त्यो सुरुङबारे अर्थमन्त्रीज्यू मौन हुनुहुन्छ । बजेटमा कुरै छैन ।’

डा महतले सत्तापक्ष जसरी प्रस्तुत भयो, त्यो दुर्भाग्यपूर्ण रहेको पनि बताए ।


क्लिकमान्डु