महिलाले लगाउने साडी र लुँगी महँगियो, यी बस्तुमा लाग्यो भ्याट



काठमाडौं । महिलाहरुले लगाउने साडी, लुँगी लगायत सुतीका कपडाहरुको आयातमा सरकारले भ्याट लगाएको छ । यसअघि खरिद मूल्यमा १० प्रतिशत भन्सार शूल्क लाग्ने गरेकोमा अब अतिरिक्त १३ प्रतिशत भ्याट लाग्ने भएको हो।

मंगलबार संघीय संसदमा पेस भएको आर्थिक विधेयकमार्फत सरकारले यी सामग्रीहरुको आयातमा १३ प्रतिशत भ्याट लागेको हो ।

यससँगै ट्र्याक सुट, स्की सुट र पौडीमा प्रयोग हुने विभिन्न कपडाहरुमा सरकारले भ्याट लगाएको छ । यस्तै पुरुष वा केटाहरूका लागि प्रयोग हुने अन्य लुगाफाटाहरूमा भ्याट लगाइएको छ ।

साथै प्राकृतिक वा सम्बर्धित मोती, अपकेन्द्रित (सेन्ट्रिफ्यूज), अपकेन्द्री शोषक (सेण्ट्रिफ्यूगल ड्रायर ), तरलपदार्थ र ग्याँसलाई छान्ने (फिल्टरिङ) वा शुद्धीकरण गर्ने (प्यूरिफाइड) उपकरणहरूमा पनि सरकारले भ्याट लगाएको छ ।


क्लिकमान्डु