तीन निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि सार्वजनिक खरिदमा भाग लिन नपाउने



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएको अवधिभर कम्पनीहरुले कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने  छैनन् । वाइपि-जय रक्तकाली कन्सट्रक्सन जेभी, जय रक्तकाली कन्स्ट्रक्सन र उदय कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सि प्रालिलाई कालोसूचीमा राखिएको हो ।

सडक डिभिजन,पाल्पाको  सिफारिसमा वाइपि-जय रक्तकाली कन्स्ट्रक्सन जेभी र जय रक्तकाली कन्स्ट्रक्सनलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

सडक डिभिजन,पाल्पाकै अर्को ठेक्का लिएर काम नगरेका कारण जय रक्तकाली कन्स्ट्रक्सनलाई १ वर्ष ३ महिनाका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन पाल्पाकै सिफारिसमा उदय कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सीलाई १ वर्ष ३ महिनाका लागि कालोसीमा राखिएको छ ।


क्लिकमान्डु