राष्ट्रपतिले आज संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने



काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न संसदीय समिति गठन नगरी संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने अडान लिएको छ ।


क्लिकमान्डु