गतिरोध भोलि बेलुकासम्म निष्कर्षमा पुग्छ, नीति तथा कार्यक्रम सहज ढंगले गर्ने वातावरण बन्छ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा देखिएको गतिरोध भोलि बेलुकासम्म निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आइतबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफलपछि प्रधानमन्त्री दाहालले आफूले गतिरोधको ढोका खोल्न गम्भीरताका साथ प्रयत्न गरिरहेको भन्दै सोमबार बेलुकासम्म निष्कर्ष निकालेर नीति तथा कार्यक्रम सहज ढंगले गर्ने वातावरण बनाउने उनले बताए ।
‘मैले त्यही ढोका खोल्नका लागि गम्भीरतापूर्वक प्रयत्न गरिरहेको छु,’ प्रधानमन्त्रीले भने, ‘अन्तिम निर्षकर्षमा नपुगेमा पनि भोलि बेलुकासम्म एउटा निष्कर्ष निकालेर नीति तथा कार्यक्रम सहज ढंगलले गर्ने वातावरण बनाउँछौं ।’
सरकारले जेठ १ नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको भए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।
छलफलपछि नेपाली कांग्रेसका नेताहरुले सहकारी ठगीका बारेमा संसदीय छानबिनका लागि प्रधानमन्त्री सकारात्मक रहेको दाबी गरेका छन् ।