टी-२० क्रिकेट विश्वकप तयारीका लागि सरकारले क्यानलाई दियो ५ करोड



काठमाडौं । सरकारले आगामी जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ ।

‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ्ग ज्यूप्रति नेपाल क्रिकेट संघ (क्यान) हार्दिक आभार व्यक्त गर्दछ’ क्यानले आफ्नो फेसबुक पेजमा लेखेको छ,’नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दछौं।’


क्लिकमान्डु