एमालेले टुंग्यायो मन्त्रीको नाम, महासेठ र अधिकारी बाहेक पुरानै



काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याएको छ ।

एमालेले ८ वटा मन्त्रालय पाउनेछ । स्रोतका अनुसार एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरुको नाम तय भएको छ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार महासेठको भागमा परेको छ ।

पदम गिरीले यसअघि नै शपथ ग्राहण गरिसकेका छन् । एमालेका मन्त्रीहरुमा भगवती चौधरी, दामोदार भण्डारी, हरी उप्रेती, राजेन्द्र राई, ज्वालाकुमारी साह, बलराम अधिकारी लगायत रहेका छन् ।

महासेठ र अधिकारी यसअघि प्रचण्ड सरकारको नेतृत्वमा मन्त्री भएका थिए ।


क्लिकमान्डु