महासेठले सरकारमा एमालेको नेतृत्व गर्ने



काठमाडौं । नेकपा एमाले पार्टीसचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

चार दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँट भएको हो । जसमा एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ ।

एमालेबाट सरकारमा ९ जना मन्त्री बन्ने भएका छन् । जसमध्ये पदम गिरी पहिलो चरणमा मन्त्री बन्ने छन् । महासेठ र गिरी बाहेकको नाम भने टुंग्याउन बाँकी रहेको जनाइएको छ ।


क्लिकमान्डु