चुनावअघि राम मन्दिरको प्राणप्रतिष्ठाले मोदीलाई दिलाउन सक्छ तेस्रो कार्यकाल ?



एजेन्सी । अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको मिति घोषणा भएपछि भारतसँगै भारतका छिमेकी देश र विश्वभरमा नै एउटा महत्त्वपूर्ण राजनीतिक बहस चलिरहेको छ ।

अयोध्यामा यो मन्दिर त्यहाँ बनेको छ, जहाँ ६ डिसेम्बर १९९२ मा बाबरी मस्जिदलाई भत्काइएको थियो । अयोध्याको यो ठाउँको विषयमा लामो सुनुवाइपछि भारतको सर्वोच्च अदालतले सन् २०१९ मा बाबरी मस्जिद बनाइएको स्थान पहिला मन्दिर भत्काएर बनाइएको फैसला सुनाएको थियो । अदालतले मस्जिदको विवादित जमिन एउटा ट्रस्टको नाममा दिनुपर्ने र त्यहाँ एक मन्दिरको निर्माण गराइनुपर्ने आदेश दिएको थियो ।

योसँगै अदालतले मुस्लिम समुदायका लागि मस्जित निर्माणका लागि पाँच विघा जमिन दिन आदेश दिएको थियो ।

अहिले अयोध्यामा राम मन्दिरको निर्माण भएको छ र गत सोमबार २२ जनवरीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मन्दिरमा रामको प्राणप्रतिष्ठामा सहभागी भएका छन् ।

एकातिर चर्चा भारतको लोकसभाको चुनावभन्दा पहिले नै राम मन्दिरको प्राणप्रतिष्ठाको मिति घोषणा गरिएको विषयको चर्चा भइरहेको छ । यो चर्चा यसकारण भइरको छ कि मन्दिरको पूर्णनिर्माण सम्पन्न नभइ मन्दीरको प्राणप्रतिष्ठा गरिएको छ ।

भारतका विपक्षी दलहरुले सोमबारको समारोहमा सहभागिता जनाएनन् । त्यतिमा होइन निम्तो गरिएका शंकराचार्यहरुले पनि यो कार्यक्रममा सामेल नहुने फैसला गरे । उनीहरुको यो कदमले अर्को हलचल पैदा गरेको छ ।

तर, सत्ताधारी भारतीय जना पार्टी (भाजपा), आरएसएस र उनीहरुसँग जोडिएका दल र संगठनहरुले भारतभरमा धार्मिक माहोल सिर्जना गरेका छन् । भारतको कुना कुनामा पनि गेरु बस्त्र र धार्मिक माहोल बनेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो सबैको नेतृत्व गरिरहेका छन् । उनी यति ठूलो स्वरुपमा भएको कुनै मन्दिरको प्राणप्रतिष्ठा समारोहमा भाग लिने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

यस्तोमा के यो कार्यक्रममा कुनै अन्तर्निहित राजनीतिक उद्देश्य थियो भन्न सक्ने कुरालाई अस्वीकार गर्न कसले सक्छ ? आजको अध्योध्या कहिल्यै पनि धार्मिक नभएर यसमा सदैव राजनीति हुँदै आएको छ ।

राम मन्दिर आन्दोलन न केवल हिन्दुत्व र बहुसंख्यकवादको मूख्यधारा लिएर आयो, बरु भारतीय राजनीतिको प्रकृतिलाई परिवर्तन गर्ने गरि आएको छ ।

मन्दिरको विषय जसरी राजनीतिमा आएको छ, यसको असर भारतको आगामी हरेक चुनावमा पर्ने देखिन्छ । यसको असर अब भने आगामी भारतीय चुनावमा देखिनेछ ।

के आगामी केही महिनामा हुने भारतीय लोकसभा चुनावमा मन्दिर सबैभन्दा ठूलो मुद्दा बन्नेछ ? भाजपाले विगत तीन दशकदेखि यो विषयलाई लिएर राजनीति लाभ लिएको छ । के यसपटक पनि नरेन्द्र मोदीलाई यदि मुद्दाले तेस्रो पटक बहुमत ल्याउने अवस्था सिर्जना गर्छ ?

भारतका पछिल्लो तीन दशकको राजनीतिक इतिहास हेर्ने हो भने अयोध्यामा निर्माण गरिएको राम मन्दिरको मुद्दा भाजपाले चुनावमा पाउने सिट संख्यामा फाइदा दिलाउने मुद्दा हो । भाजपाको भोटको आधार विस्तारै बढ्दै गएको छ । भाजपा कुनै बेला दुई सांसदमा सीमित थियो, उसले पहिलो पटक लोकसभामा सय सिट छोएको थियो र निकै तीव्र गतिमा पूर्ण बहुमतको सरकार बनाएको थियो।

भारतीय निर्वाचनका विश्लेषक सञ्जय कुमार सन् २०१४ देखि सन् २०१९ मा लोकसभा चुनावमा हिन्दू भोटबीच सर्वेक्षणको तथ्यांकमा ध्यान दिनुपर्ने बताउँछन् । उनी धेरै मान्छेहरु धार्मिक आस्था राख्ने र मन्दिरमा नियमित जाने किसिमको रहेको बताउँछन् । यीनै मान्छेहरुले भाजपालाई भोट दिएका छन् । उनी यो मतदानको प्रतिशत निकै महत्त्वपूर्ण भएको बताउँछन् ।

कुमारकाअनुसार दैनिक मन्दिर जाने धार्मिक आस्था भएका मानिसहरुमध्ये ५१ प्रतिशतले सन् २०१९ को चुनावमा भाजपालाई भोट दिएका थिए । झण्डै यस्तै तथ्यांक सन् २०१४ को चुनावमा पनि थियो । तर, जो मानिस धेरै धार्मिक छैन र दैनिक मन्दिर पनि जाँदैन, उनीहरुमध्येबाट भने ३२ प्रतिशतले मात्रै भाजपालाई मतदान गरेका थिए । यो तथ्यांकले भाजपाप्रति धार्मिक मानिसहरुको झुकाव बढी भएको देखाउँछ ।

यीनै तथ्यांकको आधारमा राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा जुन किसिमको माहोल सिर्जना भएको छ, यसले राम मन्दिरमा रुचि राख्ने र निष्ठावान मानिसहरुको भोट भाजपालाई आउने अवस्था सिर्जना भएको कुमार बताउँछन् ।

भाजपा सन् १९८० बाट नै राम मन्दिरको मुद्दामा जोडिएको छ । र यहि मुद्दाको आडमा नै मतदाताहरुको समर्थन तिव्र रुपमा हासिल गर्दै आएको छ । विश्लेषक कुमारकाअनुसार सन् २०१४ मा भ्रष्टाचारको मुद्दामा त्यो बेला उत्तर प्रदेश सरकारमाथिको रिसदेखि सन् २०१९ मा पुलावामा बालाकोटमा भएको घटनापछि पनि मतदाताहरुमाथि धार्मिक प्रभाव कम भएको छैन । उनी यसपटकको चुनावमा पनि यस्तै हुने सम्भावना रहेको बताउँछन् ।

‘मलाई लाग्छ सन् २०२४ को चुनाव हिन्दूत्वको मुद्दामाथि लडिनेछ,’ उनी भन्छन्, ‘र यसमा सबैभन्दा अगाडि राम मन्दिरको मुद्दा हुनेछ । कमसेकम उत्तर भारतका मतदाताहरुले राम मन्दिरको निर्माणका कारण भाजपालाई भोट दिनेमा मलाई विश्वास छ ।’

राम मन्दिरः राजनीतिक मुद्दा कि धार्मिक?

भाजपाका नेताहरु निरन्तर राम मन्दिरको कार्यक्रम पूर्णरुपमा धर्म र आस्थासँग जोडिएको विषय भएको वकालत गरिरहेका छन् र यसमा कुनै राजनीति नभएको दाबी गरिरहेका छन् । तर पनि जनताको भावना यहि विषयका कारण प्रभावित हुने भएमा त्यसको असर चुनावमा पनि देखिनेछ ।

महाराष्ट्रका भाजपाका प्रदेश उपाध्यक्ष माधव भण्डारी भन्छन्, ‘जब यस्तो किसिमको कुनै ठूलो कार्यक्रम हुन्छ, जुन देशको कुना कुनासम्म पुग्छ, तब जनतम एक दिशातर्फ जान थाल्छ । यसको कुनै न कुनै किसिमको प्रभाव त पर्ने नै छ । तपाईले पनि त्यो परिणाम अवश्य देख्नुहुनेछ ।’

अयोध्यामा राम मन्दिर बनाउने र राम जन्मभूमि आन्दोलनमा भाग लिन बचन दिँदै भाजपाले यो मुद्दालाई वर्षौंदेखि जीउँदो र ताजा राखेको छ । भाजपाले भलै मन्दिरको प्राणप्रतिष्ठाको मार्फतबाट यीनै परिणामलाई दोहोर्याउने सोच राखे पनि इतिहासले हामीलाई केही भावना सतहमा जुन किसिमले देखिए पनि चुनाव क्षेत्रमा भने परिवर्तन हुने देखाएको छ ।

भारतका वरिष्ठ पत्रकार रामदत्त त्रिपाठी भन्छन्, ‘जब बाबरी मस्जिद ध्वस्त गरिएको थियो, तब पनि हरेक ठाउँमा हिन्दूत्व जाग्ने हाबी हुने र भाजपाले सबैतिरबाट चुनाव जित्ने धारणा जन्मिएको थियो । तर, उत्तर प्रदेशमा मुलायम सिंह र काशिराम एकसाथ आएका थिए र भाजपा हार्न पुगेको थियो । त्यसपछिका केही चुनावमा पनि सरकार बन्न सकेको थिएन ।’

त्यस्तै, लोकसत्ता पत्रिकाका सम्पादक गिरिश कुबेर भाजपालाई प्राप्त हुने बहुमतमा राम मन्दिरको प्रभावका कारण १० देखि २० सिट बढ्ने सम्भावना छ ।

‘भाजपा पुनः सत्तामा आउने एक मात्र कारण राम मन्दिर मात्रै होइन । अन्यथा गाह्रो हुन्छ भन्ने पनि होइन । तपाईंले एउटै उत्पादनलाई पटक पटक बेच्न सक्नुहुन्न । जनताले राम मन्दिरको विचारलाई स्वीकार गरे । अहिले मन्दिर तयार भएको छ । र यसको अनुमान सबैलाई पहिले नै थियो । त्यसैले भाजपालाई यसको खास फाइदा प्राप्त हुनेछ भन्ने छैन । तर, राम मन्दिरको विषयलाई लिएर सिर्जना भएको भावनात्मक माहोलको फाइदा भने उनीहरुले उठाउनेछन् । यहि नै राजनीति हो ’ उनी भन्छन् ।

बीबीसी हिन्दीबाट


क्लिकमान्डु