सेयरधनीको हात खाली बनाएको नेपाल बैंकले बोलायो साधारणसभा



काठमाडौं । सेयरधनीको हात खाली बनाएको नेपाल बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले पुस २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको हो । सभा प्रयोजनका लागि पुसन २० गते बुक क्लोज गरेको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल हुने छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु