माण्डु हाईड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौं । माण्डु हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले मंसिर १५ गतेका लागि सभा बोलाएको छ ।
सभाका लागि भन्दै मंसिर ४ गते बुक क्लोज गर्ने भएको छ । मंसिर ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।