चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएकामध्ये ८५ हजार ९३० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
आईपीओमा ११ लाख ३४ हजार ३१७ जनाले आवेदन आवेदन दिएकोमा ११ लाख ३१ हजार ९३६ जनाको आवेदन मात्र स्वीकृत भएको छ । बाँकी भने रद्ध भएको छ ।
कम्पनीले असोज २३ देखि २६ गतेसम्म ८ लाख ५९ हजार ३०० कित्ता सेयर सेयर निष्कासन गरेको थियो । आईपीओमा आवेदन दिएका आवेदकले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइट, चिरख्वा हाइड्रोपावरको वेबसाइट, मेरो सेयर र सीडीएससीले आइपीओ नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।