आईपीओ भन्दा सस्तियो सोनापुरको सेयर, कारोबारको चार दिनमै ११६ रुपैयाँ घट्यो
काठमाडौं । सेयर बजारमा आएको गिरावटको असर सोनापुर सिमेन्टको सेयर मुल्यमा पनि परेको छ । अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रकित्ता २३७ रुपैयाँ ५८पैसामा सेयर निष्कासन गरेको थियो ।
आईपीओ दोस्रो बजारमा सूचीकृत भएर कारोबार भएको चार दिनमा नै सेयर निष्कासन गरेको भन्दा कम मूल्यमा पाइने भएको छ । बुधबार बजार ५.८३ अंकले घट्दा सोनापुर सिमेन्टको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँ ४० पैसाले घटेर २३४ रुपैयाँ ८० पैसा रहेको छ ।
कम्पनीको सेयर आइतबारबाट कारोबारमा आएको हो । कम्पनीले ओपनिङ रेञ्ज १४२ रुपैयाँ ०१ देखि ४२६ रुपैयाँ ०३ पैसा पाएको थियो । आइतबार प्रतिकित्ता ३५० रुपैयाँका दरले प्रि ओपनिङ सेसनमा कारोबार खुलेको थियो । पहिलो दिन नै कम्पनीको सेयर मूल्य ३५ रुपैयाँले घट्यो ।
यस्तै दोस्रो दिन ३१ रुपैयाँले घटेको थियो । मंगलबार पनि घटेको कम्पनीको सेयर मूल्य बुधबार लगानीकर्ताले आईपीओमा किनेको भन्दा सस्तो मूल्यमा दोस्रो बजारमा पाइने भएको छ । कारोबार भएको चार दिनमा नै आईपीओ भन्दा संस्था मूल्यमा सेयर पाइने भएपछि आईपीओ परेका लगानीकर्ता भने चिन्तीत बनेका छन् ।