सोनापुरको सेयर मूल्यमा दोस्रो दिन पनि नेगेटिभ सर्किट



काठमाडौं । दोस्रो दिनको कारोबारमा पनि सोनापुर मिनरल्स एण्ड आयलको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

आईपीओ निष्कासन गरेर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्यमा लगातार नेगेटिभ सर्किट लागेको हो ।

आज पनि कारोबार सुरु भएको केही समयमा नै सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँ ५० पैसा अर्थात १० प्रतिशतले घटेर २८३ रुपैयाँ ५० पैसा रहेको छ ।

सोमबारको कारोबारमा कम्पनीको सेयर मूल्य ३०८ रुपैयाँमो ओपन भएको थियो । सेयरको खरिदका लागि अर्डर परेको छैन । लगानीकर्ता ४ लाख ३४ लाख ६४३ कित्ता सेयर बिक्री गर्न तयार भएका छन् ।


क्लिकमान्डु