११ अर्ब बढीको हकप्रद सेयर आउँदै, कुनको कति ?



काठमाडौं । दसैंपछि ११ कम्पनीले ११ अर्ब रुपैयाँको ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएका छन् ।

यी कम्पनीको लामो समयदेखि हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन्। हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन्।

हकप्रद सेयर निष्कासन गर्न चाहनेमा १० वटा जलविद्युत् कम्पनी रहेका छन् भने एउटा विकास बैंक रहेको छ ।

हकप्रद सेयर निष्कासन गर्न भन्दै छ्याङदी हाइड्रोपावर कम्पनीले बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले ३८ करोड रुपैयाँको ६९ लाख ७७ हजार ५०० रुपैयाँको ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

यस्तै सिंगटी हाइड्रो इनर्जीले १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ। १ः१ अनुपातमा १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा १ अर्ब ८६ करोड ७६ लाख ६२ हजार ६०० रुपैयाँको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डसँग अनुमति जनाएको छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीका अनुसार हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्न पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने जनाएको छ ।

बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली-१ क्यास्केड जलविद्युत् आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्ने कम्पनीले जनाएको छ।


क्लिकमान्डु