अर्थतन्त्र गम्भीर मोडमा छ, सरकारले ठोस कदम चाल्न सकेन: विष्णु पौडेल



लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन् ।

प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्ने बताए ।

‘आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले राम्रो काम गर्दासम्म एमालेको साथ रहने बताए ।


क्लिकमान्डु