दुई हप्तामा सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । दुई हप्ताको अवधिमा सुनको मूल्य ६ हजार ४ सय रुपैयाँले बढेको छ ।

असोजको पहिलो हप्ताबाट सुनको मूल्य निरन्तर ओरालो लागेर १६ गते प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि निरन्तर सुनको मूल्यमा बढोत्तरी आएको थियो ।

गत असोज १६ गतेदेखि २८ गतेसम्म आइपुग्दा प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार आइतबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १३ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु