सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो
काठमडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएकाे थियाे । शुक्रबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।