१८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक
काठमाडौं । राष्ट्र बैंकले २८, ९१ र १८२ दिन अवधिका लागि ट्रेजरी बिल नवीकरण गर्ने भएको हो ।
भोली (मंगलबार) जारी हुने ट्रेजरी बिलका लागि आज मध्यान्न ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिन अविधका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो कात्तिक १४ गते परिपक्व हुनेछ ।
९१ दिन अवधिका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो पुस १७ गते परिपक्व हुनेछ । १८२ दिन अवधिका लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो चैत २० गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।