ह्यात होटलको नाफा दोब्बरले बढ्यो
काठमाडौं । तारागाउँ रिजेन्सी (ह्यात) होटलको नाफामा दोब्बर वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफामा दोब्बर वृद्धि भएको हो ।
अघिल्लाे असार मसान्तसम्म कम्पनीले १९ करोड ५ लाख ५७ हजार रुपैयाँ नाफा (करपछि) गरेको थियो । गत आवको सोही अवधिमा ३८ करोड २६ लाख ४० हजार नाफा कमाएको छ ।
कम्पनीको सञ्चालन आय ६९ करोड २६ लाख २३ हजारबाट बढेर १ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको कुल आय ८४ करोड ८८ लाख ७१ हजारबाट बढेर १ अर्ब ५७ करोड २ लाख पुगेको छ ।
कम्पनीको पुँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ छ । जगेडा कोषमा ६५ करोड ७७ लाख ३४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.१० रुपैयाँबाट बढेर २०.२८ रुपैया पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२३ बाट बढेर १३४.८६ रुपैयाँ पुगेको छ ।