कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने सरकारको निर्णय

2.3k
Shares

काठमाडौं । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् , ‘कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने ।’

बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ लाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

Skip This