भारतबाट पैठारी हुने वस्तुहरुमा १० प्रतिशत मार्जिन खारेज गर्न निजी क्षेत्रको सुझाव



काठमाडौं । निजी क्षेत्रका व्यवसायीले भारतबाट पैठारी हुने वस्तुहरुमा १० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाको खारेजी गर्न सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल द्योग परिसंघ र नेपाल अफ चेम्बर अफ कमर्सले संयुक्त रूपमा निजी क्षेत्रको सुझाव दिँदै भारतबाट पैठारी हुने वस्तुहरुमा १० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाको खारेजी गर्नुपर्ने माग गरेका छन् ।

भारतीय बैंक तथा संस्थागत लगानीकर्ताहरुको संस्थागत निक्षेप नेपाली बैंकमा जम्मा गर्न पाउने व्यवस्थाका लागि कुटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

साथै नेपाल भारतबीच अन्तरदेशिय डिजिटल संचालनमा ल्याउने समझदारी यथाशिघ्र भुक्तानी प्रणाली प्रणाली संचालनमा कार्यान्वयन हुनुपर्दछ ।

आन्तरिक नगद ओसार पसारमा प्रहरी हस्तक्षेप हुनुहुँदैन र अनौपचारिक क्षेत्रको पूंजि परिचालन गर्न हालको नगद सीमाको पुनरावलोकन हुनु पर्ने उनीहरुको माग छ । ।


क्लिकमान्डु