बजारबाट २० अर्ब उठाउँदै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट २० अर्ब रुपैयाँ उठाउने भएको छ।
केन्द्रीय बैंकले १० दिने अवधिका लागि २० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेको हो । यो असार २९ गते परिपक्व हुने छ ।
रिपोमा बैंक, विकास बैंक, वित्त कम्पनीले लगानी गर्न पाउने छन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य गरेको हुनुपर्ने छ ।
रिपोमा सहभागी हुन आज ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । बोलकबोल विधिमार्फत भारित औसतमा ब्याजदर निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत बजारको पैसा खिच्ने गर्दछ । बैंकिङ प्रणालीमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह ज्यादै न्यून रहेको छ । प्रणालीमा निक्षेप मात्रै संकलन हुने कर्जा प्रवाह नहुने भएपछि केन्द्रीय बैंकले रिभर्स रिपो मार्फत बजारबाट पैसा उठाउन लागेको हो ।