चार अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक



Federation of Nepalese Chamber of Commerce & Industries, FNCCI

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो ।

ऋणपत्र निष्कासनका लागि बैंकले प्रभु क्यापिटललाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । त्यससम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु