नागरिक बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक, बैंकको मुद्दति निक्षेपभन्दा बढी ब्याज



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिका लागि नागरिक बचतपत्र-२०८५ निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्रको बिक्री खुला वैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म हुनेछ । यसको निष्कासन भने जेठ ३० गते हुनेछ ।

साँवा भुक्तानी २०८० जेठ ३० गते हुनेछ । बचतपत्रमा वाणिज्य बैंकले मुद्दति निक्षेपमा दिने ब्याज भन्दा बढी ब्याज पाइने छ । बैंकहरुले मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने गरेका छन् । बचतपत्रमा भने १० प्रतिशत ब्याज पाइने छ । ब्याज भुक्तानी ६-६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ ।

बचतपत्र घटीमा १० हजार र बढीमा कुल निष्काशति रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ । यो नेपाली नागरिकले मात्रै खरिद गर्न पाउनेछन् । यो बचतपत्र धितो राखी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने छ ।


क्लिकमान्डु