आईपे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता



काठमाडौं । आईपे रेमिट प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

आईपे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषिराम ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आईपे रेमिटमार्फत मलेसिया, दुबई, कतार, जापान र कोरियाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिट्यान्स रकम नेपालभर रहेका राष्ट्रिय वाण्ज्यि बैंकका शाखाबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

विगत १२ वर्षदेखि विप्रेषण क्षेत्रमा सेवा प्रदान गर्दै आएको आई पे रेमिटले नेपालभर रहेका २० हजारभन्दा बढी साझेदारबाट भुक्तानी दिनुका साथै रियल टाइम अकाउन्ट डिपोजिट र रियल टाइम वालेट टपअपका साथै क्यास पिक अप सुविधा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु