महालक्ष्मी विकास बैंकको नाफा ४६.९५ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको नाफा ४६.९५ प्रतिशतले घटेको छ
यसअवधिसम्ममा बैंकले ३७ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा बैंकले ७१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी भने १०.२१ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा २ करोड ६७ लाख रुपैयाँ ऋणात्मक छ ।
बैंकको सञ्चालन नाफा ४६.४४ प्रतिशतले घटेर ५४ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा उक्त नाफा १ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.३८ प्रतिशतले घटेको छ ।
४९ अर्ब ५७ करोड रुपैयाँ कर्जा संकलन गरेको बैंकले यस अवधिमा ३६ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ११ पैसा छ । यस्तै, बैंकको प्रतिसेयर नेटववर्थ १५२ रुपैयाँ ८१ पैसा छ ।
गत आवको यसै अवधिको तुलनामा बैंकको खराब कर्जा २.८९ प्रतिशतबाट बढेर ४.६२ प्रतिशत पुगेको छ ।