सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुन-चाँदीको मूल्य बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा मंगलबार १४ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु