क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने



काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

बिहीबार यूएईलाई पराजित गर्दै विश्वकप क्वालिफायरमा प्रवेश गरेको नपाली टोलीलाई शुक्रबार बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले जनही ३ लाख रुपैयाँको पुरस्कार घोषणा गरेका हुन् ।

नेपालको जितले आफू खुसी भएको भन्दै उनले देशको स्वाभिमान उच्च भएको बताए । ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्छु ’ प्रधानमन्त्रीले भने ।

मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा पनि प्रधानमन्त्रीले गरेका छन् ।

प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन पनि दिएका छन् ।


क्लिकमान्डु