मुद्रास्फीति नियन्त्रणका लागि फेरि ब्याजदर बढाउने ईसीबीको तयारी



एजेन्सी । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले फेरि ब्याजदर बढाउने भएको छ । ईसीबीले लगातार छैटौं पटक ब्याजदर बढाउन लागेको हो । ईसीबीले तीन मुख्य दरहरू जुलाईपछि ३.५ प्रतिशत बिन्दुले बढाइसकेको छ ।

ईसीबीको २६ सदस्यीय प्रशासनिक परिषद्ले फ्रयाङ्कफर्टमा हुने बैठकमा ब्याजदरमा थप आधा प्रतिशत बिन्दुले वृद्धि गर्ने सम्भावना रहेको अध्यक्ष क्रिस्टिन लेगार्डले गत साता बताएकी थिइन् ।

युक्रेनमा रूसको युद्धपछि ऊर्जा र खाद्यान्नको मूल्य बढेसँगै ईसीबीले उपभोक्ता मूल्य कम गर्न ऐतिहासिक रूपमा तीव्र गतिमा दरहरू बढाएको छ । आईएनजी बैंकका अर्थशास्त्री कास्टेन ब्रेजेस्कीले बिहीबारको निर्णयले ईसीबीको भविष्यको कदमका बारेमा संकेतमा थप चासो राख्ने बताए ।

अमेरिकामा फेडरल रिजर्भले ईसीबीको तुलनामा पहिले र अधिक आक्रामक रूपमा दरहरू बढाउन सुरु गरेको थियो । फेडका प्रमुख जेरोम पावेलले ब्याजदर अनुमान गरेभन्दा धेरैले बढ्ने अनुमान गरेका छन् ।


क्लिकमान्डु