प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आवेदन

56
Shares

काठमाडौं । प्रभु स्मार्ट फण्डमा मागभन्दा १. ५५ गुणा बढीको आवेदन परेको छ ।

प्रभु बैक लिमिटेड कोष प्रबद्र्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फण्डले निष्काशित कुल ८ करोड इकाईमध्ये प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलेले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० लाख इकाई आवेदन माग गरिएको थियो ।

जसमध्ये १०,५२,९६,२०० इकाईको लागि आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन हो । १० बर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेडले एएमसी ३ रेटिङ्ग प्रदान गरेको छ ।

क्यापिटलले ८० करोड रुपैयाँ रकम बराबरको प्रभु स्मार्ट फण्ड नामको योजना निष्काशन गरेको भएता पनि सामुहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेकोले प्रभु स्मार्ट फण्डले बिँज पूँजी सहित १ अर्ब रुपैयाँ बराबरको इकाई बाँडफाँड गर्ने भएको छ ।

Skip This