चीनले रक्षा बजेट ७.२ प्रतिशत बढायो, आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत



एजेन्सी । चीनले २०२३ मा आफ्नो रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गरेको छ । २०२३ को बजेटमा चीनले रक्षा बजेटलाई वृद्धि गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीअन्तर्गतको नेसनल पब्लिक कांग्रेस (एनपीसी)ले बजेटमा रक्षातर्फको हिस्सामा वृद्धि गरेको घोषणा गरेको हो ।

चीनले आर्थिक विकासको लक्ष्य ५ प्रतिशत लिएको छ । कोरोना महामारीपछि आफ्नो अर्थतन्त्रलाई सुधार गर्ने प्रतिबद्धतासहित एनपीसीले २०२३ को आर्थिक वृद्धिदरको लक्ष्य ५ प्रतिशत निर्धारण गरेको हो ।

चीनले रक्षा बजेटमा गरेको वृद्धि भने गत वर्षकोभन्दा थोरै मात्रामा धेरै हो । बेइजिङमा आगामी आठ दिनसम्म चल्ने एनपीसीको बैठकबाट गरिएको यो घोषणाले चीनले आफ्नो सैन्य शक्तिलाई थप बलियो बनाउने कदम चालेको रुपमा अन्तर्राष्ट्रिय समूदायहरुले हेरेका छन् ।

चीनका प्रधानमन्त्री लि केचियांग आइतबार बैठकको सुरुवातमा भनेका छन्, ‘चीनको अर्थतन्त्र कोरोना महामारीपछि स्थिर गतिमा अघि बढ्न थालेको छ र अबको दिनमा यसले तीव्रता लिने देखिएको छ ।’

चीनले रक्षा बजेटमा गरेको वृद्धिसँगै नयाँ बजेट १.५५ ट्रिलियन युआन (२२४ बिलियन अमेरिकी डलर) पुगेको छ ।

चीनको जीडीपी २०२२ मा लिइएको लक्ष्य ५.५ प्रतिशत भए पनि ३ प्रतिशतले मात्रै वृद्धि भएको थियो । कोरोना महामारीका कारण चीनका विभिन्न शहरमा शून्य कोभिड नीति अपनाइँदा यसले त्यहाँको अर्थतन्त्रलाई गम्भीर असर गरेको थियो । १९७६ पछि २०२० मा चीनमा देखिएको न्यून आर्थिक वृद्धिपछि २०२२ को आर्थिक वृद्धि न्यून थियो ।


क्लिकमान्डु