चालीस प्रतिशत जापानी कम्पनी खुकुलो मौद्रिक नीतिको पक्षमा



एजेन्सी । करिब ४० प्रतिशत जापानी कम्पनी खुकुलो मौद्रिक नीतिको पक्षमा देखिएका छन् । रिसर्च फर्म टेइकोकुले गरेको सर्वेक्षणअनुसार करिब १ हजार वैध उत्तरदातामध्ये ३९.६ प्रतिशतले बैंक अफ जापान (बीओजे) ले आगामी मौद्रिक नीति खुकुलो खालको ल्याइदेओस् भन्ने अपेक्षा गरेका हुन् ।

सर्वेक्षणमा सहभागी ३६.४ प्रतिशत उत्तरदाताले भने केन्द्रीय बैंकले अर्थ व्यवस्थालाई नियन्त्रणबाहिर जान नदिन ब्याजदरलाई निम्न स्तरमा राख्न डिजाइन गरिएको वर्तमान नीतिमा अडिग रहनुपर्ने बताएका छन् ।

टोकियोस्थित अनुसन्धान फर्मको सर्वेक्षण प्रतिवेदनमा भनिएको छ, ‘केन्द्रीय बैंकले अभूतपूर्व मौद्रिक सहजताको रणनीतिलाई परिमार्जन गर्न धेरैले वाञ्छनीय ठानेका छन् । उनीहरू अचानक नीतिगत परिवर्तनले निम्त्याएको जोखिमबारे चिन्तित छन् ।’

कम्पनीहरुले मौद्रिक नीतिमा क्रमिक परिवर्तनका लागि केन्द्रीय बैंकसँग आह्वान गरेका छन् । जापानी केन्द्रीय बैंकले ऋणपत्र खरिद कार्यक्रममार्फत अल्पकालीन र दीर्घकालीन दरहरु अति–निम्न स्तरमा राख्ने गरेको छ ।

बैंकको डोभिस नीतिले अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत गरे पनि विश्लेषकहरूले येनको अधिक अवमूल्यन र ऋणपत्र बजारको विकृतिलगायत नकारात्मक प्रभाव औंल्याएको क्योदो न्युजले उल्लेख गरेको छ ।


क्लिकमान्डु