अडानीमाथि छानबिन गर्न भारतीय सर्वोच्च अदालतले गठन गर्‍यो ६ सदस्यीय समिति



काठमाडौं । भारतका अर्बपति व्यवसायी गौतम अडानी पछिल्लो समय विवादमा छन् । तथ्यांकमा छलकपट गरेर व्यापारिक साम्राज्य विस्तार गरेको हिडनबर्ग रिर्पोटले खुलासा गरेपछि अडानीको व्यापारिक साम्राज्यमा हलचल भएको थियो ।

यसैबीच भारतको सर्वोच्च अदालतले अडानीमाथि हिडनबर्ग रिपोर्टमा लगाइएका आरोप र अन्य विषयलाई लिएर छानबिन गर्न समिति गठन गरेको छ ।

भारतीय सर्वोच्च अदालतले पूर्वन्यायाधीश एएम सप्रेको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।

सँगै सर्वोच्च अदालतले भारतको सेयर बजारको नियामक निकाय ‘सेक्युरिटी एक्स्चेन्ज बोर्ड अफ इण्डिया (सेबी)’लाई पनि अडानीसँग सम्बन्धित विषयमा रिपोर्ट पेस गर्न निर्देशन दिएको छ ।

अडानीमाथि हिडनबर्ग रिपोर्टमा लगाईएका आरोप, अडानीको सेयरको स्थायित्व र व्यापारिक साम्राज्यको विस्तारजस्ता विषयलाई लिएर अनुसन्धान गरि आगामी दुई महिनाभित्र रिपोर्ट पेस गर्न निर्देशन दिइएको हो ।

भारतीय सर्वोच्च अदालतले अडानी समूहको सेयरको मूल्यमा हेरफेर गरिएको छ वा छैन भन्ने पनि अनुसन्धान गर्न निर्देशन दिएको छ ।

भारतीय सर्वोच्च अदालतले गठन गरेको समितिले भारतीय सेयर बजारलाई बलियो बनाउने र बजारमा चल्ने ट्रेण्डहरुलाई निगरानीमा राख्ने विषयसँगै अडानी समूहको सेयरमा आएको तीव्र गिरावट र हिडनबर्ग रिपोर्टमा लगाईएका आरोपहरुको विषयमा अनुसन्धान गर्ने बताइएको छ ।


क्लिकमान्डु