एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, १५ दिनमा ४४ करोड नाफा हुने
काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
आईओसीले हरेक १५ दिनमा एनओसीलाई पठाउने गर्छ । त्यस्तै, हालै आईओसीले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा १.२१ रुपैयाँ, डिजेलमा ५.५ रुपैयाँ, मट्टितेलमा ३.४० रुपैयाँ र हवाई इन्धनमा ७.३ रुपैयाँ मूल्य घटेर आएको छ ।
तर, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । उक्त मूल्य बढेर आएसँगै अहिले नेपालले प्रति सिलिन्डर ६३५ रुपैयाँ घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ ।
उनकाअनुसार यसअघि पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा एलपीजी ग्यासको मूल्य बढेको थिएन । तर, अहिले प्रतिसिलिन्डर नै ३३९ रुपैयाँले बढेर आएको छ । यसले गर्दा नाफामा कमी आउने देखिन्छ ।
नियमले यसअघि पठाएको मूल्यअनुसार ७३ करोड रुपैयाँ नाफा कमाउने अनुमान गरेको थियो । आईओसीले पठाएको नयाँ मूल्यले भने ४४ करोड रुपैयाँ मात्रै नाफा हुने अनुमान गरेको छ ।