सगरमाथा इन्स्योरेन्सका यी हुन् २३ ठूला सेयरधनी, श्रीलंकाको इन्स्योरेन्सदेखि साल्ट ट्रेडिङसम्म
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीमा २३ ठूला सेयरधनी रहेका छन् । जसमा श्रीलंकाको सिलिकन इन्स्योरेन्सदेखि नेपालका सनराइज बैंकसमेत ७ निजी कम्पनी र बाँकी व्यक्ति रहेका छन् ।
कम्पनीको सबैभन्दा ठूला सेयरधनीको पहिलो स्थानमा श्रीलंकाको सिलिकन इन्स्योरेन्स रहेको छ । सिलिकन इन्स्योरेन्सको सगरमाथामा २० प्रतिशत अर्थात २६ करोड ६६ लाख ७७ हजार ८०० कित्ता सेयर स्वामित्व रहेको छ ।
दोस्रो स्थानमा साल्ट ट्रेडिङ कर्पोरेशन रहेको छ । कम्पनीको ६.०८ प्रतिशत अर्थात ८ करोड १० लाख ४८ हजार ९०० कित्ता सेयर रहेको छ ।
यस्तै दिव्यमणी राजभण्डारीको ५.२७ प्रतिशत अर्थात ७ करोड ३ लाख १२ हजार ७०० कित्ता, सनराइज बैंकको ५ प्रतिशत अर्थात ६ करोड ६६ लाख ६८ हजार ४०० कित्ता, ओभरसिस ट्रेडिङ कम्पनी प्राइभेटको २.७० प्रतिशत अर्थात ३ करोड ६२ लाख ५४ हजार ७०० कित्ता, नरेन्द्र कुमार अग्रवालको २.५० प्रतिशत अर्थात ३ करोड ३३ लाख ३८ हजार ६०० कित्ता, अशोक कुमार तोदीको २.५० प्रतिशत अर्थात ३ करोड ३३ लाख ३३ हजार ८०० कित्ता, राम कृष्ण मानन्धरको १.९६ प्रतिशत अर्थात २ करोड ६१ लाख ४४ हजार ५०० कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै हिमाल एण्ड कम्पनीको १.९६ प्रतिशत अर्थात २ करोड ६१ लाख ४४ हजार ५०० कित्ता, ज्योति एण्ड कम्पनी १.९६ प्रतिशत अर्थात २ करोड ६१ लाख ४४ हजार ५०० कित्ता, भाजुराना एण्ड कम्पनीको १.९६ प्रतिशत अर्थात २ करोड ६१ लाख ४४ हजार ५०० कित्ता, रमला जी धापीदेवी गोल्छा च्यारिटी ट्रष्टको १.९६ प्रतिशत अर्थात २ करोड ४० लाख ३३ हजार ८०० कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै लोकमान्य गोल्छाको १.५९ प्रतिशत अर्थात २ करोड ११ लाख ८७ हजार ६०० कित्ता, सुशिल कुमार पन्तको १.४७ प्रतिशत अर्थात १ करोड ९६ लाख ८ हजार १०० कित्ता, सुरेन्द्र कुमार गोल्छाको १.२६ प्रतिशत अर्थात १ करोड ६८ लाख ९ हजार ३०० कित्ता, अमृता पराजुलीको १.२४ प्रतिशत अर्थात १ करोड ६४ लाख ९३ हजार १०० कित्ता, सन्जय गोल्छाको १.२३ प्रतिशत अर्थात १ करोड ६३ लाख ४९ हजार ५०० कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै शेखर गोल्छाको १.२३ प्रतिशत अर्थात १ करोड ६३ लाख ३७ हजार १०० कित्ता, प्रदिप कुमार रंगटाको १.१८ प्रतिशत अर्थात १ करोड ५६ लाख ८७ हजार कित्ता, चन्द्र कुमार गोल्छाको १.०९ प्रतिशत अर्थात १ करोड ४४ लाख ९८ हजार ९०० कित्ता, हेमन्त गोल्छाको १.०८ प्रतिशत अर्थात १ करोड ४४ लाख ९८ हजार ९०० कित्ता, राजेन्द्रमान शेरचनको १ प्रतिशत अर्थात १ करोड ३३ लाख ३४ हजार १०० कित्ता, जयश्री गोल्छाको १ प्रतिशत अर्थात १ करोड ३३ लाख ३३ हजार ९०० कित्ता सेयर स्वामित्व रहेको छ ।