सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा बिहीबार १२ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु