मुस्ताङबाट पोखरा जाँदै गरेको बस दुर्घटना



मुस्ताङ । बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३, धम्पुमा बस दुर्घटनामा परेको छ ।

म्याग्दी कोरोला यातायातको ना ७ ख ७४४० नम्बरको बस धम्पुस्थित कालीगण्डकी नदीमा खसेको हो । दुर्घटनामा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु