संस्थागत मुद्दती निक्षेपमा राष्ट्र बैंकको कडाई, ६ महिनाभन्दा कम अवधिको लिन नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न नपाइने व्यवस्था गरेको छ ।

बिहीबार राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त“क”, “ख” र “ग”वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

साथै, मुद्दती निक्षेपको समयावधि समाप्त नहुदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको वखत जहिलेपनि
झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न नपाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपको हकमा ६ महिना व्यतित हुनु
अगावै कुनै पनि रकम भुक्तानी÷ फिर्ता गर्न नपाइने व्यवस्था गरेको छ ।

यसअघि तीन महिना भन्दा कम समयावधिको मुद्दती निक्षेप स्वीकार गर्न नपाइने व्यवस्था थियो । साथै, मुद्दती निक्षेपको समयावधि समाप्त नहुदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको बतत जहिलेपनि झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न नपाइने व्यवस्था थियो ।


क्लिकमान्डु