एनआईसी एशिया बैंकले ६६ ठाउँमा रहेको घरजग्गा बिक्री गर्दै
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ६६ ठाउँमा रहेको गैर बैंकिङ सम्पत्ति (घरजग्गा)हरु बेच्ने भएको छ । बैंकले बिहीबार विभिन्न राष्ट्रिय दैनिकमा सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको विभिन्न ६६ ठाउँका घरजग्गा बिक्री गर्न लागेको जानकारी दिएको हो ।
‘गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिनेछ’ बैंकको सूचनामा उल्लेख छ ।
उक्त सम्पत्ति खरिद गर्न इच्छुक/फर्म/कम्पनी/संघ संस्थाहरुले यो सूचना प्रकाशित भएको ७ दिनभित्र बोलपत्र पेस गर्न सक्ने छन् । अर्थात इच्छुक व्यक्ति तथा संस्थाहरुले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बोलपत्र सम्बन्धी शर्तबन्देजसहितको बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा बुझाउनुपर्नेछ । उक्त फाराम एक हजार रुपैयाँ तिरि बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले बैंकको नाममा मालपोत, कार्यालय, गुलरिया बर्दियाको लगतमा दर्ता कायम रहेको दुई ठाउँको, मालपोत कार्यालय पर्सा, विरगञ्जको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय कावासोती, नवलपरासी(वर्दघाट सुस्ता पूर्व) को लगतमा रहेको, मालपोत कार्यालय पर्साको लगतमा रहेको, मालपोत कार्यालय चनौली, चितवनको लगतमा दार्त कायम रहेको, मालपोत कार्यालय चावहिल काठमाडौंको लगतमा दर्ता कायम रहेको, मालपोतक कार्यालय पर्साको लगतमा दर्ता कायम रहेको ३ ठाउँको, मालपोत कार्यालय लेखनाथ, पोखराको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय कंलकी, काठमाडौंको लगतमा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्नेछ ।
बैंकले बैंकको नाममा रहेको मालपोत कार्यालय मुगुको लगतमा दर्ता कायम रहेको ५ ठाउँको, मालपोत कार्यालय धनकुटाको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्याल कालिकोटको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय भरतुपुर, चितवनको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय कालिकोटको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय कालीकोटको लगतमा दर्ता कायम रहेको, मालपोता कार्यालय विराटनगरेको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय इनरुवा, सुनसरीको लगतमा दर्ता कायम रहेको २ ठाउँको, मालपोत कार्यालय पाँचथर कार्यालयको लगतमा रहेको, मालपोत कार्यालय मोरङ कार्यालयको लगतमा दर्ता कायम रहेको ५ ठाउँको, मालपोत कार्यालय रौतहट कार्यालयको लगतमा दर्ता कायम रहेको ३ ठाउँको, मालपोत कार्यालय सुर्खेतको लगतमा दर्ता कायम रहेको ६ ठाउँको र मालपोत कार्यालय जुम्लाको लगतमा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्ने भएको छ ।
यस्तै, बैंकले आफ्नो नाममा रहेको मालपोत कार्यालय खैरहनी, चितवको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय इनरुवा, सुनसरीको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय बेलबारी मोरङको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय मुसिकोट रुकुमको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय मुगुको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, कालिकोटको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय रुकुमको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय इनरुवा, सुनसरीको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय, धरान, सुनसरीको लगतमा दर्ता कायम रहेको,मालपोत कार्यालय इनरुवा, सुनसरीको लगतमा दर्ता कायम रहेको ३ ठाउँको, मालपोत कार्यालय चरिकोट दोलखाको लगतमा दर्ता कायम रहेको, मालपोत कार्यालय सिन्धुलीको लगतमा दर्ता कायम रहेको र मालपोत कार्यालय बुटवल, रुपन्देहीको लगतमा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्ने छ ।