पाकिस्तानमा पेट्रोलको मूल्य लिटरमा ३५ रुपैयाँ बढ्यो



काठमाडौं । पाकिस्तानका वित्त मन्त्री इसहाक डारले देशमा पेट्रोल र डिजेलको मूल्य ३५/३५ रुपैयाँ प्रतिलिटर बढाउने घोषणा गरेका छन् । यो निर्णय तत्काल लागू हुने जनाइएको छ ।

यससँगै पाकिस्तानमा पेट्रोलको मूल्य २४९ रुपैयाँ ८० पैसा प्रतिलिटर र डिजेलको मूल्य २६२ रुपैयाँ ८० पैसा प्रतिलिटर बनेको छ।

यसअघि पाकिस्तानका विभिन्न सहरमा पेट्रोलियम पदार्थको अभाव देखिएको थियो ।

इसहाक डारका अनुसार यस कृत्रिम कमीलाई समाप्त गर्नका लागि तेल र ग्यासको रेलुलेटरी अथोरिटीको तर्फबाट तत्काल वृद्धिको सुझाव दिएको थियो र देशमा पेट्रोलियम उत्पादनको कमी छैन ।


क्लिकमान्डु