रवि लामिछाने फेरि बने राष्ट्रिय स्वन्त्र पार्टीका सभापति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने चयन भएका छन् ।

आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछाने फेरि पार्टी सभापति चयन भएका हुन् । पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले उनलाई सभापति चयन गरेको हो ।

अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्तिको प्रकृया नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएको थियो भने उनी मन्त्री र पार्टी सभापतिबाट हट्नु पषरेको थियो ।


क्लिकमान्डु