सात कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कारण मागियो



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सात निर्माण व्यवसायी कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने तयारी गरिएको छ ।

कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै यी कम्पनीहरुलाई कालोसूचीमा नराख्नुपर्ने आधार तथा प्रमाणहरु लिखित रुपमा पेस गर्न भनेको छ ।

सूचनामा काठमाडौंस्थित सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रा.लि, पर्सास्थित विजनेश नेपाल कन्सल्टेन्सी प्रा. लि., बाँकेस्थित युनाइटेड एग्रो इञ्जिनियरिङ, नवलपरासीस्थित भोलेबाबा कन्स्ट्रक्सन, काठमाडौंस्थित डाइग्नोकेम इन्टरनेसनल, बर्दियास्थित कल्पना कन्स्ट्रक्सन र कञ्चनपुरस्थित आकाश एन्ड पवन कन्स्ट्रक्सन रहेका छन् ।

प्रकाशित सूचनामा सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीहरुलाई सात दिनभित्रमा कालोसूचीमा राख्न नपर्ने आधार प्रमाणहरुमा आधारित भई लिखित स्पष्टीकरण पेस गर्न भनेको छ ।


क्लिकमान्डु