सानिमा बैंकको नाफा १९.३४ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सानिमा बैंकले १ अर्ब २८ करोड ५३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.३४ प्रतिशत बढी हो ।
गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ९६ करोड ३७ लाख ९ हजार रुपैयाँ रहेको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.१८ प्रतिशत बढेर ३ अर्ब २१ करोड ५ लाख ७९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २१.४२ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख १८ हजार रुपैैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ८२ पैसा रहेको छ।
१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६२ करोड ६ लाख ८९ हजार रुपैयाँ रहेको छ । १ र्ख ५९ अर्ब २० करोड ८० लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४३ अर्ब ७३ करोड ३९ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।